बलात्कार प्रयासको आरोपमा एकजना पक्राउ

रातोघर

 २०८० माघ २३, मंगलबार  मा प्रकाशित
९२५ पाठक संख्या


बारा ।
महिलामाथी कुटपिटगरी बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा उमहानगरपालिका वडा नं.१८ कुस्माडीका प्रताप भनिने २३ बर्षका नरेश चौधरी सोमबार साँझा पक्राउ परेका हुन ।

पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

उनले एक ५५ बर्षिय महिलालाई बाटोढुकी जबरजस्ती मकैबारीमा लगी कुटपिट गरी बलात्कारको प्रयास गरेका थिए । श्रीमान्का लागि टिफिनमा खाना लिएर जाँदै गरीकी महिलालाई सडकको एकान्तमा रोकी कुटपिटगरी जबरजस्तीको प्रयास भएको हो ।

घर जाँदै गरेका पिडितका देवर पर्ने आफन्तले बाटो नजिकै मकैबारीमा महिला चिच्याएको आवाज सुनी हल्लीखल्ली गरेपछी पिडक चौधरी भागेका थिए । उनै आफन्तले महिलाको उद्दार गरी घर लिएर आएका हुन् ।

ती यूवकको पिटाईबाट महिला घाईते भएकी छन् । उनको उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ , पिडित महिलाका आफन्तले बताए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban