६१ हजार नक्कली नेपाली नोट सहित ५ जनालाई पक्राउ

पुष्पराज खतिवडा

 २०८० माघ २५, बिहिबार  मा प्रकाशित
२४२ पाठक संख्या


बारा ।
प्रहरीले नक्कली ६१ हजार नेपाली एकहजार दरका नोट सहित ५ जनालाई पक्राउ गरि विहिबार सार्वजनिक गरेको छ । नक्कली नोटको बजारमा कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालबारामा सार्वजनिक गरेको छ ।

बाराका प्रहरी नायब उपरीक्षक एव्म प्रवक्ता दधिराम न्यौपानेका अनुसार सर्लाही चन्द्रनगर गाउँपालिका ३ का ४४ वर्षीय रामचन्द्र महतो कोईरी, बारा परवानीपुर ५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज १० बिशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव नक्कली नोटको कारोबार गरेको आरोपमा पक्राउ परेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जीतपुर बजारमा नक्कली नोट लिएर कारोबार गरिरहेको सूचना पाएपछि प्रहरीले बुधबार एक जनालाई पक्राउ परेको थियो । पक्राउ परेका व्यक्तिको बयानका आधारमा थप चार जना पक्राउ परेका हुन् ।

उनिहरुको साथबाट भारतीय सिमकार्डसहितको सात थान मोबाइल समेत बरामद भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban