जनयुद्ध माओवादी हिंसा थियो, उत्सव हुन सक्दैन : ओली

पुष्पराज खतिवडा

 २६ माघ २०८०, शुक्रबार १०:४४  मा प्रकाशित
२३२ पाठक संख्या



बारा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गतेका दिनलाई जनयुद्ध दिवसकारुपमा विदा दिने निर्णय माओवादी नेतृत्वको उत्ताउलोपन भएको टिप्पणी गरेका छन् । विहिबार बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले माओवादी नेतृत्वको कमजोरी अदालतले सच्याएको बताए ।

सरकारले देशमा द्वन्द्वको भावना कायम राख्ने, पिडित जनाताका मन फटाउने, शान्ति प्रकृयालाई पूर्णता दिनु पर्ने ठाउँमा शान्ति प्रकृया विथोल्ने गरी आएको सरकारीे निर्णय गलत सावित भएको बताए ।

सरकारले देशमा द्वन्द्वको भावना कायम राख्ने, पिडित जनाताका मन फटाउने, शान्ति प्रकृयालाई पूर्णता दिनु पर्ने ठाउँमा शान्ति प्रकृया विथोल्ने निर्णय आएको थियो । अदालतले बदर गरिदियो , उनले भने ।

उने अघि भने ‘जनयुद्ध भन्ने कुरै होइन । त्यो माओवादी हिंसा थियो । माओवादीले चलाएको हिंसा राष्ट्रको उत्सव हुन सक्दैन । मान्छे मारिएको कुरा उत्सव हुन सक्दैन । ’
माओवादीले भने जस्तो जनयुद्ध महान सफता नभएको र त्यल्ले केही प्राप्त नभएको र दिवस मनाउनु विदा दिनु नेतृत्वको उत्ताउलोपन मात्रै हो ।

‘त्यो कुनै महान सफलता प्राप्त गरेर तेल्ले केही गरेको पनि छैन । जनतामा यस्तो हालत छ । यसकारण जनयुद्ध दिवस भनेर जे मनाईयो । त्यो माओवादी नेतृत्वाको उत्ताउलोपन हो ’ अध्यक्ष ओलीले भने ।

‘जनयुद्ध दिवस मनाउने र विदा दिने काम माओवादीको शान्ति प्रकृयाको न्युनता हो । त्यसको कमी हो । यो हुनु हुँदैन भनेर हामीले भनेका थियौं । गर्नै नमिल्ने काम बलजफ्ती उनीहरुले गरेका थिए ।

त्यसलाई अदालतले बदर गरेर ठिक गरेको छ । जनयूद्ध दिवस भनेर विदा दिने अनुचित काम, उत्ताउलो काम रोक्नु पथ्र्यो त्यो रोकेर अदालतले राम्रो गरेको छ । जनयूद्ध दिवस खारेज भएपछि विदापनि स्वत खारेज भएको छ, ’ ओलीले भनेका छन् ।

‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय गत पुस १३ गते सर्वोच्च अदालतले बदर गरिदिएको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले ‘जनयुद्ध दिवस’मा विदा दिने सरकारी निर्णय बदर गरेको हो ।

त्यसको सुचना दुईदिन अघि मात्रै सर्वोच्चले जारी गरेको थियो । जुन सुचना पछि माओवादी समर्थकहरुले सर्वोच्चको कदम गलत भन्दै आएका छन् ।

ओली नेकपा एमाले रौतहटको जिल्ला अघिवेशनमा सहभागी हुन जानेक्रममा सिमरा विमाल स्थल आएका थिए । उनी हिजै काठमाण्डौ फर्किएका छन् ।

फोटोमा ः सिमरा विमान स्थलमा एमाले अध्यक्ष ओली ।

Write your Comment