पत्रकारले मर्यादित र जनउत्तरदायी भएर कलम चलाउँ : अध्यक्ष बस्नेत

पुष्पराज खतिवडा

 २०८० फागुन ५, शनिबार  मा प्रकाशित
५९२ पाठक संख्या


निजगढ,बारा ।
प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ बाराको समन्वयमा शनिबार निजगढमा संचार माध्यमका चुनौती एवं मिडिया साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको उपस्थितीमा भएको कार्यक्रममा पत्रकार र संचारमाध्यमले भोगिरहेका समस्या र तीनको समाधानका विषयमा चर्चा गरिएको थियो ।

पत्रकारहरुले आचारसंहिता भित्र रहेर मर्यादित र जनउत्तरदायी भएर कलम चलाउनु पर्ने अध्यक्ष बस्नेतको भनाई थियो । यस्तै संचारमाध्यमको संरक्षणमा तीनै तहका सरकारसँगै विशेषगरी स्थानिय सरकारको भुमिका अहम् हुने उनले बताए ।

मिडियाहरु चल्नै नसक्नेगरी धरासायी हुँदा त्यहाँका जनताको सुचना पाउने अधिकार बन्चित हुन जान्छ । लगानी गर्ने, संचालन गर्ने ब्यक्ति होलान् । तर मिडिया सँधै साझा हुन् । यसलाई बचाई राख्न संचालक, पत्रकार र सरकार सँधै जिम्मेवार बन्नु पर्ने उनको भनाई थियो ।

अध्यक्ष बस्नेतले कतिपय कानुन पत्रकार र मिडिया मैत्री नहुँदा समस्या भैरहेको भन्दै त्यस्ता खाने कानुन परिमार्जनका लागि काउन्सिलले सहजीकरण गरिहेको पनि बताए ।

उनले राजनैतिक दल र नेताहरुले सत्तामा हुँदा र बाहिर हुँदा मिडियालाई प्ररक ढंगले चित्रण गर्ने गर्दा पनि समस्या हुँदै आएको बताए । देशको परिवर्तमा महत्वपूर्ण भुमिका निर्वाह गरेका संचारमाध्यम र पत्रकारका सवालमा राज्य हुनुपर्नेजती संवेदनशिन नबनेको उनको भनाई थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर प्रसाद बेलबासे, मुख्य अधिकृत झविन्द्र भुषाल, नेपाल पत्रकार महासंघका सचिव गोबिन्द चौलागाँई,नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य महेश्वर अधिकारी सहभागि थिए ।

यस्तै बाराका अध्यक्ष रेशम तीवारी, पूर्व अध्यक्ष गुरुप्रसाद गौतम्, लक्ष्मी साह र कमलकुमार अधिकारी, सर्लाहीका अध्यक्ष टंक क्षेत्री सहित बारा पर्सा, रौतहट र सर्लाहीका सकृय पत्रकारहरु , विभिन्न संचारसम्बद्ध संगठनका अध्यक्ष, संचारमाध्यमका संचालकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि प्रेस काउन्सिल पधादीकारी सहित संचारकर्मीहरु ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban