सुवेदी र पाण्डे आआफ्नै प्यानल बनाएर मैदानमा । मतदान सुक्रबार विहान ८ बजेबाट

पुष्पराज खतिवडा

 २०८० चैत्र २२, बिहिबार  मा प्रकाशित
८६० पाठक संख्या


बारा ।
नेकपा (एमाले) बाराको ११ औं जिल्ला अधिवेशन अन्तरगत विहिबार दिउँसोका लागी तय भएको मतदान सरेको छ । तयारी नपुगेको भन्दै मतदान भोली अर्थात सुक्रबार विहान ८ बजेसम्मलाई स्थगित गरिएको हो । निर्वाचन समितिले सुचनागरी सुक्रबार विहान ८ बजेलाई मतदानको समय तोकेको हो ।

अधिवेशनबाट नयाँ नेतृत्वको लागि टिना सुवेदी र अध्यानन्द पाण्डेय बिच प्रतिष्पर्धा हुने छ । यसअघि जिल्ला अध्यक्षका लागि सुवेदी, पाण्डेय र अनिल कुमार मैनली गरी ३ जनाको उमेदवारी परेको थियो । विहिकार विहान मैनालीले उमेदवारी फिर्ता लिएसँगै सुवेदी र पाण्डेय विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्लाका १६ वटा पालिकाबाट करिब ८सय जना प्रतिनीधिले अधिवेशनमा भाग लिएका छन् । एमाले बारामा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ जना उपसचिव सहित १२५ जनाको जिल्ला कमिटीका लागी मतदान हुने भएको हो ।

१६ वटा पालिका र समावेसी कलस्टरबाट जिल्ला कमिटी निर्वाचित हुने छन् । जिल्ला कमिटीका लागि ३ सयजना बढीको उमेदवारी परेको निर्वाचन कमिटीका सदस्य गोकुल घोरासाईनेले जानकारी दिए ।

सुवेदी र पाण्डे आआफ्नै प्यान बनाएर मैदानमा छन् । पुर्व उपाध्यक्ष सुवेदी नेकपा एमाले पोलिटब्युरो सदस्य एवं संघिय सांसद अच्युत मैनाली पत्नी हुन् । राजनितीमा लामो अनुभव सम्हालेकी मैनाली अखिल नेपाल महिला संघ बाराकी पूर्व अध्यक्ष हुन् ।

प्रस्टवक्ता, पार्टीमा इमान्दार छवी बनाएकी सुवेदीलाई जिल्ला अध्यक्ष बनाउन नेपाल सरकारकी कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह र सांसद मैनाली सहित २ जना पोलिटब्यूरो सदस्य लागिपरेका छन् । यस्तै सहित एमाले पूर्व जिल्ला अध्यक्ष बलविर प्रसाद चौधरी, सुन्दर विश्वकर्मा, एकवाल मिंया, सरस्वती चौधरी लगायत एकदर्जन केद्रिय तथा प्रदेशकमीटि सदस्य उनका पक्षमा खुलेर जोडतोडका साथ लागेका छन् ।

यस्तै एमाले बाराको राजनीतिमा लामो समय योगदान गरेका अनुभवी स्वयम्सवी नेताको छवी बनाएका ब्यक्ति हुन्, पूर्व सचिव पाण्डे । उनलाई पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम् पौडेल, प्रदेश सचिव मनोज पौडेल प्रदेश सांसद रविनदास श्रेष्ट, एमाले जिल्ला अध्यक्ष विनोद साह सहित प्रदेश तथा जिल्लाका एकदर्जन प्रभावशाली नेताहरुको साथ छ । पाण्डेलाई जिल्ला अध्यक्ष बनाउन सकिनेमा उनीहरु ढुक्क देखिएका छन् ।

११ औं जिल्ला अधिवेशन स्थल कलैया स्थीत जानकी हल परिषरमा भेटीएका एमाले नेता एवं प्रतिनीधि पुनदेव प्रसाद रौनियारले सुवेदी र पाण्डेका विच कडा प्रतिस्पर्धा रहेको बताए । जिल्लामा काम गरिरहेका दुबै नेता प्रभावशाली देखिएका छन् । थोरै मतान्तरले जीत हार हुन सक्ने देखिन्छ, उनले बताए ।

यस्तै अर्का प्रतिनीधि गोरख यादवले तीनजना उमेदवार भएपनि प्रतिस्पर्धा सुवेदी र पाण्डेको विचमा देखीएको बताए । प्रभावशाली नेताहरुको जिल्लामा प्रभाव को बलियो भनी देखाउने होड रहेकाले यसैले जित्छ भन्ने अवस्था छैन । नेताहरुले पार्टीलाई प्रतिष्ठाको विषय बनाउन खोज्दा सहमती हुन सकेन ,उनले ।

यता टिना सुवेदी प्यानलबाट सचिवमा उमेदारी दर्ता गराएका अमृत शर्मा बजगाँईले भने सुवेदी प्यानल बलियो रहेको दावी गरे । उनले सुवेदी ६० र पाण्डे ४०को अवस्थामा रहेको बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban