शुरु भयो १४औँ जीतपुरसिमरा गोल्डकप : उद्घाटन खेलमा बाहिरियो बिरगंज

रातोघर

 २५ चैत्र २०८०, आईतवार ०६:३५  मा प्रकाशित
३६५ पाठक संख्या



सिमरा ।

बीरगञ्ज युनाईटेड क्लब विरुद्ध संघर्षपुर्ण जित निकाल्दै त्रिभुवन आर्मी क्लब शनिवारबाट शुरु भएको १४ औँ जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज शुरुवातीअग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरीयो । बीरगञ्जका लागि फागुराम चौधरीले पेनाल्टी मार्फत खेलको ४१औं मिनटमा अग्रता बनाएका थिए । आर्मीका डिफेण्डर सुरज बस्नेतले वीरगञ्जका फागुरामलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री उमेश विंडारीले बीरगञ्जलाई पेनाल्टीको मौका दिएका थिए ।

आर्मीका कमल थापाले पहिलो हाफमै बराबरी गोल फर्काउँदै आर्मीका समर्थकलाई खुशीपारे । खेलको ४४औं मिनटमा सुरज बस्नेतको कर्नर बललाई पेनाल्टी एरियामा सम्हाल्दै कमलले सुन्दर गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

दोश्रो हाफमा बीरगञ्जविरुद्ध आर्मीले शुरुवाती अग्रतालियो । खेलको ६१औं मिनटमा आकर्षक फ्रिकिक गोल गर्दै आर्मीका दिनेश हेम्जनले टिमलाई अग्रता दिलाएका थिए । करिब २२ यार्ड परबाट दिनेशले प्रहार गरेको फ्रिकिकलाई बीरगञ्जका गोलरक्षक प्रमिजय गच्छदारले बचाउने कुनै अवसर पाएनन् ।

शूरुवाती अग्रता उल्टिएपछि बीरगञ्जका लागि आक्रामक बनेका फागुराम चौधरीले व्यक्तिगत दोश्रो गोल गर्दै बराबरीमा ल्याएपनि जीतका लागि पर्याप्त बन्न सकेन । खेलको ८२औं मिनटमा आर्मीका गोलरक्षक विकेश कुथुलाई बिट गर्दै फागुरामले काउण्टर अट्याकमा गोल गरेका थिए ।

दोश्रो हाफको इन्जुरी समयमा आर्मीका लागि फतेमान घलेले निर्णायक गोल गरे । बीरगञ्जका डिफेण्डरहरुको गल्तीको सुदुपयोग गर्दै फतेमानले दिनेश हेम्जनको क्रस बललाई सहजै गोलमा परिणत गरेका थिए ।

खेलको म्यान अफदि म्याच आर्मीका दिनेश हेम्जन घोषित भए । उनले शुभारम्भ कलेजले प्रयोजन गरेको १० हजार सहित ट्रफि प्राप्त गरे । आइतबार साविक विजेता चर्च ब्वाईज युनाईटेड र सिराहाको सलहेस युवा क्लब विचमा खेल हुनेछ ।

यसअघि सिमरा रङ्गशालामा आयोजित उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा एन्फा महासचिब किरण राई, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । आयोजक क्लबले उद्घाटन समारोहका अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रबाट फुटबलको विकासमा योगदान पु¥याएका खेलाडी तथा अन्यगरि १७व्यक्तिलाई विशेष सम्मान गरेको थियो ।

आगामी वैशाख ३ गतेसम्म सञ्चालनहुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियनचर्च ब्वाईज युनाईटेड, त्रिभुवनआर्मी, नेपालपुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभीजनका पाँच टिम सहभागिहुनेछन् । सशस्त्रप्रहरीको विभागीयक्लबएपिएफ, मकवानपुर ११ हेटौंडा, वीरगञ्जयुनाईटेड क्लबबीरगञ्ज, सिराहाको सहलेश युवाक्लब र आयोजक नवजनजागृती युवा क्लब सहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा शुन लागेको प्रतियोगिताकाो विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।

Write your Comment