जीतपुरसिमरा गोल्डकपः आर्मी विरुद्ध मच्छिन्द्रको संघर्षपूर्ण जीत

रातोघर

 २८ चैत्र २०८०, बुधबार ११:१५  मा प्रकाशित
१५८ पाठक संख्या



सिमरा ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपुर्ण जीत निकाल्दै मच्छिन्द्र क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । मंगलबार रातीसिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलमा आर्मी विरुद्ध मच्छिन्द्रले १–० को संघर्षपुर्ण जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

मच्छिन्द्रको जीतमा खेलको ६९ औं मिनटमा शौरभ लिम्बुले एक मात्र निर्णायक गोल गरे । खेलको ६३ औं मिनटमा अभिषेक गुरुङको ठाउँमा मैदान प्रवेश गरेका लिम्बुले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै सहजै गोल गरेका थिए । सेन्टर लाईनबाट बल अघि बढाएका विमल घर्ती मगरको पासमा सौरभ लिम्बुले डिबक्स बाहिरैबाट बललाई गोलपोष्टको दिशा दिएका थिए । मच्छिन््रद्रका ेप्रयासलाई रोक्न डि–एरिया बाहिरै आइपुगेका आर्मीका गोलरक्षक कुथुलाई बिट गर्दै सौरभले सुन्दर गोल गरेका थिए ।

खेलको ८८ औं मिनटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । आर्मीका डिफेण्डर बिमल पाण्डेले मच्छिन्द्रका विमल घर्ती मगरलाई डिबक्स भित्र लडाए पछि एन्फा रेफ्री उमेश विंडारीले मच्छिन्द्रलाई पेनाल्टी मौका दिएका थिए । मच्छिन्द्रका देबेन्द्र तामाङको पेनाल्टी प्रहार क्रसबार माथीगयो । खेलको अन्तिम समयमा पाएको सो अवसर गुमाउँदा मच्छिन्द्रले अग्रता जोगाउन अन्तिम संघर्ष गर्नुपर्यो ।

Write your Comment