ठुलो मात्रामा लागू औषध सहित एकजना पक्राउ

पुष्पराज खतिवडा

 २ बैशाख २०८१, आईतवार १३:५४  मा प्रकाशित
२४७ पाठक संख्या



बारा ।
ठुलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परेका छन् । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं.०३ गम्हरीया बस्ने २० बर्षका अनिल बैठालाई बाराको जितपुरसिमरा उप–महानगरपालिका वडा नं. १ पथलैयाबाट सुक्रबार राती पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रौतहटको मौलापुरबाट काठमाडौँ जाँदै गरेको प्र.०३–००१ ख २७०१ नम्बरको रात्रीबसमा लुकाईछिपाई लैजाँदै गरेको गरिएको डाईजापाम–१०२ पाता (२५५० पिस),नाईट्राभेट–३११ पाता(४६६५ पिस) र नोरफिन–५० पाता(१२५० पिस) बैठाको साथबाट बरामद भएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।

गत सुक्रबार राती पौने ९ बजेको समयमा प्रहरी चौकी पथलैया,बाराबाट खटिएको प्रहरी टोलीले पथलैया चोकमा मौलापुरबाट काठमाडौँ तर्फ जाँदै गरेको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई लैजाँदै गरेको लागु औषध ट्याबलेट सहित बैठा प्रकाउ परेका हुन् । पक्राउ परेका बैठालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको डिएसपी न्यौपानेले बताए ।

सुक्रबार पक्राउ परेका बैठालाई जिल्ला प्रहरी कार्यालय बाराले आईतबार सार्वजनिक गरेको हो ।

Write your Comment