क्यानडा भ्रमणमा नेपाललाई एक अंक, ओमानसँगको खेल रद्द

रातोघर

 २०८१ आश्विन ९, बुधबार  मा प्रकाशित
६७३ पाठक संख्या


विश्वकप लिग–२ अन्तर्गत क्यानडा सिरिजमा नेपालले १ अंकमा चित्त बुझाउनु परेको छ। अन्तिम खेल वर्षाले रद्द हुँदा ओमान र नेपालले १(१ चित्त बाँडे। क्यानडा भ्रमण आफ्ना प्रारम्भिक तीन खेल गुमाएर दबाबमा परेको नेपाल कम्तिमा अन्तिम खेल जित्दै २ अंक तालिकामा थप्न चाहेको भएपनि वर्षा नरोकिँदा खेलमा टसनै हुन सकेन।

क्यानडामा नेपाल घरेलु टोलीसँग दुवै खेलमा पराजित हुँदा ओमानसँग पहिलो खेलमा हार भोगेको थियो। त्यसैले ओमानविरुद्धको अन्तिम खेल जित्दै आफ्नो आलोचनालाई केही कम गर्ने प्रयासमा नेपाल रहेको भएपनि अन्तिम खेल हुनै सकेन। क्यानडा नेपालसँगको महत्त्वपूर्ण ४ अंकपछि ११ खेलबाट १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ।

यद्यपि, तुलनात्मक रुपमा सहज मानिएको यो सिरिजमै नेपालले लय गुमाएसँगै बाँकी दिन झनै कठिन हुने सम्भावना बढेको छ। यसपछि अमेरिकी सिरिज खेल्ने तयारीमा रहेको नेपालले त्यहाँ स्कटल्यान्ड र अमेरिका समिलित सिरिजमा प्रतिस्पर्धा गर्नेछ। नेपालले सिरिजमा ८ खेलबाट ३ अंक बनाएको छ। अब नेपालले क्यानडामा टी(२० सिरिज खेल्ने कार्यतालिका रहेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban