अमेरिकाविरुद्ध पहिलो टी–२० मा नेपाल विजयी

रातोघर

 २०८१ कार्तिक २, शुक्रबार  मा प्रकाशित
७३० पाठक संख्या


अमेरिकाविरुद्धको तीन खेलको टी –२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको छ। नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १ सय ४७ रन मात्र बनाउन सक्यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितकुमार पौडेलले ४९ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए।

त्यस्तै, आसिफ शेख र अनिल शाहले समान २७–२७ रन बनाएका थिए। दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए। अमेरिकाका लागि शौरभ नेत्रभाल्कर, जसदीप सिंह र हरमप्रित सिंहले समान २–२ विकेट लिए। १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा १ सय ४७ रनमा समेटियो।

उसका लागि स्यान जहानगिरले अविजित ६० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक आन्द्रेस गौसले ३० रन बनाउँदा मिलिन्डा कुमारले २२ रन तथा जसदीप सिंहले १६ रन बनाएका थिए। अब यी दुईबिचको दोस्रो टी–२० आइतबार हुनेछ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban