“जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी”

रातोघर

 २०८२ आश्विन ३१, शुक्रबार  मा प्रकाशित
२६० पाठक संख्या


काठमाडौं । जेनजी आन्दोलनका सक्रिय अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल स्थापना गर्ने तयारी थालेका छन्। आन्दोलनका क्रममा युवा पुस्तामध्ये प्रभावशाली नेतृत्वको रूपमा देखिएका ढुंगानाले विद्यमान राजनीतिक दलहरूले जनआकांक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै वैकल्पिक शक्ति निर्माणको आवश्यकता महसुस गरिएको बताएका छन्।

ढुंगानाको नजिकका स्रोतका अनुसार, दल दर्ताका लागि आवश्यक तयारी सुरु भइसकेको र आगामी दिनमा औपचारिक घोषणा गरिनेछ। नयाँ संरचना निर्माणका लागि देशभरका युवाहरूसँग परामर्श जारी रहेको बताइन्छ।

जेनजी आन्दोलनमा उठाइएका भ्रष्टाचारविरोधी अभियान, पुस्तान्तरण र सुशासनका मुद्दालाई नै आफ्नो राजनीतिक एजेन्डाको मुख्य आधार बनाइने प्रारम्भिक धारणा सार्वजनिक गरिएको छ।

राजनीतिक विश्लेषकहरूले ढुंगानाको यो पहलले जेनजी आन्दोलनको प्रभाव अब औपचारिक राजनीतिक यात्रातर्फ उन्मुख भएको संकेत दिएको टिप्पणी गरेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban