चितवनका एसपी गोविन्द पुरी ‘उत्कृष्ट प्रहरी कार्य पुरस्कार’बाट सम्मानित

रातोघर

 २०८२ आश्विन ३१, शुक्रबार  मा प्रकाशित
३६६ पाठक संख्या


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई ‘उत्कृष्ट प्रहरी कार्य पुरस्कार’बाट सम्मान गरिएको छ। शान्ति–सुरक्षा, अपराध अनुसन्धान, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा पुरीले देखाएको उल्लेखनीय योगदानका आधारमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी अरुण पौडेलले उनलाई प्रशंसापत्रसहित सम्मान गरेका हुन्।सम्मानपत्रमा उल्लेख छ — “सुरक्षित समाज निर्माणको लक्ष्यप्रति समर्पित भई कुशल व्यवस्थापन तथा प्रभावकारी प्रहरी परिचालनमार्फत जिल्लाको समग्र अपराध नियन्त्रणमा उत्कृष्ट प्रदर्शन गरिएको छ।” डिआईजी पौडेलका अनुसार पुरीको कमाण्डसीप, इमान्दारिता, लगनशीलता र समन्वय क्षमता मातहत प्रहरी प्रशासन सञ्चालनमा आदर्श बनेको छ।

विपद् व्यवस्थापनमा सक्रिय नेतृत्व

नारायणगढ–मुग्लिन सडकखण्डस्थित तुईन खोलामा गएको पहिरोका बेला पुरी स्वयं फिल्डमा खटिएर उद्धार र राहत कार्य सञ्चालन गरेका थिए। स्थानीय सिडियो गणेश अर्याल र व्यवसायी चन्दन अग्रवालसँगको सहकार्यमा अलपत्र यात्रुहरूलाई तत्काल राहत वितरण गरिँदा ठूलो मानवीय क्षति हुनबाट चितवन जोगिएको उल्लेख गरिन्छ।चितवनलाई संवेदनशील सुरक्षा क्षेत्र मानिँदै आएको अवस्थामा उनले चोरी, गुण्डागर्दी, विचौलिया गतिविधि तथा लागुऔषध तस्करी नियन्त्रणमा पनि उल्लेख्य सफलता हात पारेका थिए। यस वर्षको बाढी–पहिरो व्यवस्थापनमा समेत पुरी दिनरात नभनी उद्धार कार्यमा जुटेका थिए, जसका कारण सयौँ नागरिकलाई सुरक्षित राख्न सहयोग पुगेको बताइन्छ।

इन्स्पेक्टर प्रतिक सिंह पनि पुरस्कृत

उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रतिक सिंहलाई पनि उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै सम्मान गरिएको थियो। कार्यक्रममा बागमती प्रदेशका वरिष्ठ प्रहरी अधिकारी, जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban