सरकारले कीर्तिपुरमा १० अर्बको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत

रातोघर

 २०८२ आश्विन ३१, शुक्रबार  मा प्रकाशित
३६२ पाठक संख्या


काठमाडौं । सरकारले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ। यो परियोजनाको लागत अनुमान १० अर्ब रुपैयाँ तोकिएको छ।

स्वीकृत गुरुयोजनाअन्तर्गत रंगशालामा आधुनिक खेल सुविधा, दर्शक बस्ने स्थान, प्रशिक्षण क्षेत्र र आवश्यक पूर्वाधार निर्माण गरिने योजना रहेको छ। सरकारले रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गर्ने र दीगो संरचना सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ।

खेलकूद विकासमा विशेष योगदान पुर्‍याउने लक्ष्यका साथ अघि बढाइएको यस योजना राष्ट्रिय खेलकूदको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। परियोजना कार्यान्वयनका लागि आवश्यक स्रोत जुटाउने र निर्माण कार्य क्रमशः सुरु गर्ने तयारी भइरहेको सरकारी स्रोतले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban