रास्वपाको सचिवालयमा चार नाम, तोसिमा कार्की समेटिन नगइन्

रातोघर

 २०८२ कार्तिक २, आईतबार  मा प्रकाशित
२५२ पाठक संख्या


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय पुनर्गठन गर्दा चार नेतालाई मनोनीत गरेको छ तर त्यही मापदण्ड पूरा गर्ने तोसिमा कार्कीलाई भने समेटिएको छैन।

केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रतिनिधिसभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ निर्वाचित सांसदलाई सचिवालय सदस्य बनाउने मापदण्ड प्रस्तुत गरिएको थियो। सोही मापदण्डअनुसार कार्की योग्य भए पनि उनको नाम सूचीबाट काटिएको रास्वपा स्रोतको दाबी छ।

पार्टी संस्थापन पक्षको धारणा विपरीत जेनजी आन्दोलनसँग संबंधित विचार प्रस्तुत गर्दै कार्कीले बैठकमा ऊर्जा तथा जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसहितका व्यक्तिलाई पार्टीमा आकर्षित गर्नुपर्ने प्रस्ताव अघि सारेकी थिइन्। तर संस्थापनले उक्त प्रस्ताव अस्वीकार गर्दै उनलाई सचिवालय सदस्यबाट वञ्चित गरेको बताइएको छ।

यसअघि कार्कीकै जस्तै धारणा राख्दै आएकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरी काठमाडौं महानगर प्रमुख बालेन शाह समूहसँग निकटता बढाएकी छन्। रास्वपाका अन्य केही नेता पनि त्यही बाटोमा लाग्न सक्ने बताइए पनि कार्कीले भने पार्टी छोड्ने तयारी नरहेको स्पष्ट पारेकी छन्।

बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban