तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणको दाबी

रातोघर

 २०८२ कार्तिक २, आईतबार  मा प्रकाशित
२०६ पाठक संख्या


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी तिहार पर्वमा देशभर लोडसेडिङ नहुने जनाएको छ। प्राधिकरणका अनुसार उत्सवको समयमा अधिकांश उद्योग बन्द रहने भएकाले घरायसी प्रयोगका लागि आवश्यक विद्युत् सहज रूपमा आपूर्ति गर्न सकिनेछ।

तिहार अवधिमा दैनिक करिब २०० देखि ३०० मेगावाट विद्युत् बचत हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ। बचत भएको विद्युत् घरेलु क्षेत्रतर्फ मोडिएकाले उपभोक्ताले अवरोधविना बिजुली पाउने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban