पथलैया नजिकै मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

रातोघर

 २०८२ कार्तिक २, आईतबार  मा प्रकाशित
२६३ पाठक संख्या


बारा । पथलैया नजिक गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख बेदप्रकाश जोशीका अनुसार मृतकमध्ये एक जनाको पहिचान डुमरवाना नयाँबस्तीका २० वर्षीय साजन तामाङका रूपमा खुलेको छ।

अर्का मृतकको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban