डा. संगीता मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रातोघर

 २०८२ कार्तिक २, आईतबार  मा प्रकाशित
२७० पाठक संख्या


काठमाडौँ । Gen-Z आन्दोलनपछि अन्तरिम सरकारमा सम्भावित स्वास्थ्य मन्त्रीका रूपमा चर्चामा रहेकी डा. संगीता मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव समेत रहेकी डा. संगीता कौशल मिश्रासहित १५ जनामाथि स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको आरोप लगाउँदै आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार उनीहरूविरुद्ध १४ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको छ। विशेष अदालतले अब सो मुद्दा दर्ता प्रक्रियाअनुसार सुनुवाइ अघि बढाउनेछ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban