श्रम संस्कृत पार्टी दर्ता गर्दै हर्क साम्पाङ निर्वाचन आयोगबाट फर्किए

रातोघर

 २०८२ कार्तिक २, आईतबार  मा प्रकाशित
३१२ पाठक संख्या


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले “श्रम संस्कृत पार्टी” नामक नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गरेका छन्।

साम्पाङ स्वयं उपस्थित भएर पार्टी दर्ता प्रक्रिया पूर्ण गरी आयोगबाट फर्किएका हुन्। लामो समयदेखि वैकल्पिक राजनीति र श्रमको सम्मानमा आधारित नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गर्दै आएका साम्पाङले अब औपचारिक रूपमा आफ्नो राजनीतिक यात्रा नयाँ दलमार्फत अघि बढाउने संकेत दिएका छन्।

श्रम र संस्कृतिलाई मुख्य एजेन्डा बनाउने बताइएको यो पार्टीको केन्द्रीय संरचना र आगामी रणनीतिबारे भने साम्पाङले चाँडै सार्वजनिक गर्ने बताएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban