

काठमाडौं । हालैको आन्दोलनपछि सार्वजनिक भएका अभिव्यक्तिहरूमध्ये सुदन गुरुङको वक्तव्यले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ। उनले आन्दोलनका घटनाहरू सम्झँदै २३ गतेको दिनलाई “बिर्सिन नसकिने पीडादायी सम्झना” भन्दै तीव्र प्रतिक्रिया जनाएका छन्।
गुरुङले भने, “अहिले २३ गतेको दिन बिर्सिसकेको छु भन्छन्। मान्छेले सिंहदरबार जलायो भन्छन्। सिंहदरबार त फेरि बनाउन सकिन्छ — एकचोटी रित्तिएको आमाको कोख भरेर देखाउन त?”
उनको यो भनाइले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सहानुभूति र राजनीतिक नेतृत्वप्रति आक्रोश दुवै प्रकट गरेको देखिन्छ। धेरैले सामाजिक सञ्जालमा उनको उक्त अभिव्यक्तिलाई “भावनात्मक तर साँचो पीडा”को स्वरूपमा लिएका छन्।
सुदन गुरुङ हाल आन्दोलनरत समूहहरूमध्ये एक प्रभावशाली युवाको रूपमा परिचित छन्।





Write your Comment