सुनको भाउ घट्यो, आज नेपाली बजारमा प्रतितोला रु. २,४१,९००

रातोघर

 २०८२ कार्तिक ९, आईतबार  मा प्रकाशित
२२५ पाठक संख्या


काठमाडौं । लगातार वृद्धि हुँदै आएको सुनको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु. २ लाख ४१ हजार ९०० कायम भएको छ।

गत शुक्रबारको तुलनामा आज सुनको मूल्य रु. ८०० ले घटेको हो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु. २ लाख ४१ हजार २०० पुगेको महासंघले जनाएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घट्दै तोलामा रु. २,९८० मा कारोबार भइरहेको छ।

विश्व बजारमा अमेरिकी डलरको मजबुती र तेलको मूल्यवृद्धि जस्ता कारणले सुनको मूल्यमा उतार–चढाव भइरहेको विश्लेषकहरूले बताएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban