

मोरङ । मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट पछिल्ला दिनमा १२ देखि १६ वर्ष उमेर समूहका किशोरीहरू हराउने घटना बढ्दै गएको खबर प्राप्त भएको छ। हराएका बालिकाहरू प्रायः जंगल नजिक घर भएका परिवारका भएको बताइएको छ।
लेटाङ नगरपालिका क्षेत्रमा हराएकी एक बालिकाको शव हिजो फेला परेको प्रहरीले पुष्टि गरेको छ। यस्तै, आज पनि केरावारी गाउँपालिका र उर्लाबारी नगरपालिकाका केही बालिकाहरू हराइरहेको जनाइएको छ।
स्थानीय बासिन्दा र अभिभावकहरूले यस घटनाप्रति गम्भीर ध्यान दिनुपर्ने र स–साना नानी–बाबुहरूलाई एक्लै हिँड्न नदिने सुझाव दिइएको छ।
सुरक्षा निकायले स्थानीयलाई सतर्क रहन र शंकास्पद गतिविधि देखिए तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ।





Write your Comment