सिंगापुर एयरपोर्टमा ह्वीलचेयरमा देखिए पूर्वप्रधानमन्त्री देउवा दम्पती

रातोघर

 २०८२ कार्तिक ११, मंगलबार  मा प्रकाशित
१७५ पाठक संख्या


पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ह्वीलचेयरमा बाहिरिँदै देखिएका छन्। उपचारका क्रममा सिंगापुर पुगेका देउवा दम्पती हाल स्वास्थ्य परीक्षणपछि फर्किने तयारीमा रहेको बताइन्छ।
ह्वीलचेयरमा बाहिरिँदै गरेका तस्बिर सार्वजनिक भएपछि देउवाको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरिएको छ। कांग्रेसका निकट स्रोतका अनुसार उनको नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर यात्रा गरिएको हो र स्वास्थ्यमा कुनै गम्भीर समस्या नभएको जनाइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban