प्रधानमन्त्री कार्की र जेन–जी युनाइटेडबीच सिंहदरबारमा वार्ता, ९ प्रतिनिधि सहभागी

रातोघर

 २०८२ कार्तिक ११, मंगलबार  मा प्रकाशित
१९८ पाठक संख्या


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र जेन–जी युनाइटेडका प्रतिनिधिबीच सिंहदरबारमा वार्ता भएको छ। जेन–जी आन्दोलनका क्रममा सक्रिय उक्त समूहका ९ जना युवायुवती वार्तामा सहभागी भएका हुन्।

वार्ता सिंहदरबारमा प्रधानमन्त्री कार्कीको उपस्थितिमा सुरु भएको हो। स्रोतका अनुसार छलफलमा हालैको प्रदर्शनका माग, गिरफ्तारीमा परेकाको अवस्था र आगामी आन्दोलनका योजना सम्बन्धी विषयमा कुराकानी भइरहेको छ।

गत शनिबार माइतीघर मण्डलामा जेन–जी युनाइटेडले प्रदर्शन गरेको थियो। सो क्रममा प्रहरीसँग झडप हुँदा केही युवाहरू पक्राउ परेका थिए। त्यसपछि प्रधानमन्त्रीको पहलमा संवादका लागि ९ जनालाई सिंहदरबार बोलाइएको हो।

यसैबीच, समूहका अन्य सदस्यहरू भने बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। उनीहरूले “न्याय र जवाफदेहिता”का मागसहित नारा जुलुस जारी राखेका छन्।

सिंहदरबारभित्र चलिरहेको वार्ता सकारात्मक दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ भने सरकारका प्रतिनिधिहरूले आन्दोलनका माग सुन्न र सम्बोधन गर्ने तयारी देखाएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban