मनाङमा भारी हिमपातपछि १,५०० भन्दा बढीको उद्धार, २०० विदेशी पर्यटक सुरक्षित स्थानमा

रातोघर

 २०८२ कार्तिक १२, बुधबार  मा प्रकाशित
२३७ पाठक संख्या


मनाङ । मनाङका विभिन्न स्थानमा कात्तिक १० गतेदेखि लगातार परेको भारी हिमपातका कारण फसेका स्थानीयवासी र पर्यटकहरूलाई नेपाली सेनाको टोलीले सफलतापूर्वक उद्धार गरेको छ।

मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहकार्यमा करिब १,५०० जनालाई सुरक्षित स्थानमा पु–याएको हो। तीमध्ये २०० भन्दा बढी विदेशी पर्यटक पनि रहेका छन्।

तीव्र हिमपातका कारण मनाङका उच्च भेगमा पदयात्रामा निस्केका पर्यटक र स्थानीयहरू विभिन्न स्थानमा अड्किएका थिए। उद्धार टोलीले कठिन मौसमका बीच हेलिकोप्टर र स्थलमार्ग दुबै माध्यम प्रयोग गरी उनीहरूलाई सुरक्षित ठाउँमा पुर्‍याएको सेनाले जनाएको छ।

सैनिक स्रोतका अनुसार, हिमपातका कारण यातायात अवरुद्ध भएको क्षेत्रका नागरिकलाई आवश्यक खाद्यान्न र औषधि आपूर्ति पु–याउने कार्य पनि जारी रहेको छ। स्थानीय प्रशासनले भने यात्रुहरूलाई मौसम सामान्य नहुँदासम्म उच्च हिमाली क्षेत्रतर्फ नजान आग्रह गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban