प्रधानमन्त्रीको सचिवालयद्वारा स्पष्टिकरण : बालेन शाहको दबाबबारेको समाचार असत्य

रातोघर

 २०८२ कार्तिक १३, बिहिबार  मा प्रकाशित
२९६ पाठक संख्या


काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरका प्रमुख बालेन शाहले दबाब दिएको भन्ने समाचार असत्य भएको स्पष्ट पारेको छ।

सचिवालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गृहमन्त्री अर्याललाई पदमुक्त गर्न बालेन शाहले प्रधानमन्त्रीलाई दबाब दिएको भन्ने समाचार पूर्णरूपमा असत्य, आधारहीन र भ्रामक हो।”

विज्ञप्तिमा थप उल्लेख गरिएको छ, “मन्त्रिपरिषद्का सदस्यहरूको नियुक्ति वा हटाउने अधिकार केवल प्रधानमन्त्रीकै निहित अधिकार हो। सो प्रक्रियामा कुनै अन्य निकाय वा व्यक्ति हस्तक्षेप गर्न सक्दैन।”

प्रधानमन्त्रीको सचिवालयले जिम्मेवार सञ्चार माध्यमलाई यस्ता संवेदनशील विषयमा सत्यापनबिना समाचार प्रकाशित नगर्न आग्रह समेत गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban