बुटवल । सुप्रिम सहकारी ठगी र संगठित अपराध आरोपसम्बन्धी मुद्दामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र सहकारीका पूर्वअध्यक्ष छविलाल जोशीको आज तय भएको सुनुवाइ स्थगित गरिएको छ।
अदालतको आदेश अनुसार दुवैको मुद्दा एकैसाथ पेस गर्नुपर्ने भएकाले, जोशीका वकिलले स्थगितको निवेदन दिएपछि लामिछानेको सुनुवाइ पनि रोकिएको हो।
अदालत स्रोतका अनुसार, अर्को सुनुवाइ कहिले हुने भन्ने मिति अझै तोकिएको छैन।
यो प्रकरणमा दुवैजनामाथि ठगी र संगठित अपराधमा संलग्न भएको आरोप लागेका छन् र दुवै हाल थुनामा रहेका छन्।








Write your Comment