अभियन्ता आशिका तामाङद्वारा दार्चुलाका बालबालिकालाई न्यानो कपडा र पठन सामग्री वितरण अभियान

रातोघर

 २०८२ कार्तिक १४, शुक्रबार  मा प्रकाशित
२२९ पाठक संख्या


काठमाडौं । अभियन्ता आशिका तामाङले आफ्नो फाउन्डेशनमार्फत जम्मा गरिएको सहयोग रकमबाट दार्चुलाका बालबालिकाका लागि न्यानो कपडा र पठनपाठनका सामग्री लैजाने तयारी गर्नुभएको छ। जाडोयाम नजिकिँदै गर्दा दुर्गम क्षेत्रमा बसोबास गर्ने बालबालिकाको सहयोगार्थ सुरु गरिएको यो अभियानले शैक्षिक र मानवीय दुवै पक्षलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ।

दार्चुलातर्फ प्रस्थान गर्नुअघि तामाङले सामाजिक सञ्जालमार्फत अभियानमा सहयोग गर्ने सबै दाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै लेखेकी छिन्, “यस काममा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ! 🙏”

उनको यो प्रयासले समाजमा सकारात्मक सन्देश पुर्‍याएको छ र जाडोमा न्यानो र सहाराको आवश्यकता भएकाहरूका लागि प्रेरणादायी कार्यको रूपमा हेरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban