काठमाडौं महानगरपालिकाद्वारा थापाथली राममन्दिर परिसरमा अनधिकृत टहरा हटाइयो

रातोघर

 २०८२ कार्तिक १४, शुक्रबार  मा प्रकाशित
२२९ पाठक संख्या


काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर परिसरमा गुठी संस्थानको जग्गा अतिक्रमण गरी बनेका अनधिकृत टहरा डोजर लगाएर हटाएको छ।

गुठी संस्थानको औपचारिक आग्रहपछि महानगरपालिकाले शुक्रबार बिहान टहराबासीलाई बाहिर निकालेर ती अवैध संरचना भत्काएको हो।

महानगरका अनुसार, लामो समयदेखि सार्वजनिक गुठी जग्गा मिचेर निर्माण गरिएका टहराहरूले मन्दिर क्षेत्रको सौन्दर्य र धार्मिक वातावरणमा असर पारिरहेका थिए।

कारबाहीको क्रममा महानगरका सुरक्षा कर्मचारी, ट्राफिक प्रहरी र गुठी संस्थानका प्रतिनिधिहरूको उपस्थितिमा डोजर चलाइएको थियो।

महानगरले आगामी दिनमा पनि सार्वजनिक तथा धार्मिक सम्पत्तिमा भएको अतिक्रमणविरुद्ध निरन्तर अभियान चलाइने जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban