माघ १५ सम्म सरकारी कार्यालयको समय परिवर्तन, अब बिहान १० देखि बेलुका ४ बजेसम्म मात्र खुल्ने

रातोघर

 २०८२ कार्तिक १६, आईतबार  मा प्रकाशित
३५१ पाठक संख्या


काठमाडौं । चिसो बढ्दै गएपछि सरकारले देशभरका सरकारी कार्यालयहरूको कामकाज समय परिवर्तन गरेको छ। आजदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खुल्ने भएका छन्।

सामान्यतया बिहान ९ बजेदेखि सुरु हुने कार्यालय समय हिउँदको मौसमी अवस्थालाई ध्यानमा राखी एक घण्टा पछाडि सारिएको हो। नयाँ व्यवस्थाअनुसार शुक्रबारका दिन कार्यालयहरू बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म मात्र सञ्चालन हुनेछन्।

सरकारले जनसाधारणलाई सेवा प्रवाहमा असहजता नहोस् भनेर सम्बन्धित कार्यालयहरूलाई समय परिवर्तनबारे आवश्यक सूचना सार्वजनिक गर्न निर्देशन दिएको छ। यो व्यवस्था माघ १५ पछि पुनः समीक्षा गरिने जनाइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban