अभियन्ता निकोलस भुसाल बेपत्ता, माइतीघरमा प्रदर्शन गर्नुअघि सम्पर्कविहीन

रातोघर

 २०८२ कार्तिक १६, आईतबार  मा प्रकाशित
२४२ पाठक संख्या


काठमाडौं । अभियन्ता निकोलस भुसाल बेपत्ता भएका छन्। उनले आज दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि उनी अचानक सम्पर्कविहीन बनेका हुन्।

प्रहरी स्रोतका अनुसार भुसाललाई लागूऔषध सेवनको आशंकामा नियन्त्रणमा लिन खोजिएको थियो, तर उनी त्यसअघि नै हराएका हुन्। उनका घरमा कोही नभएको र मोबाइल फोन पनि स्विच अफ अवस्थामा रहेकोले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

भुसालले सामाजिक सञ्जालमार्फत माइतीघर मण्डलामा “सार्वजनिक सचेतना अभियान” शीर्षकमा प्रदर्शनको घोषणा गरेका थिए। तर, काठमाडौं प्रहरीले अनुमति बिना सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपाइने भन्दै सो कार्यक्रम रोकिने जनाएको छ।

भुसालको अवस्थाबारे अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। प्रहरीले परिवार र नजिकका व्यक्तिसँग समेत सम्पर्क गरिरहेको र उनी भेटिएलगत्तै थप विवरण सार्वजनिक गरिने जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban