मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई आयोगबाट आधिकारिक मान्यता, ‘माटो’ चुनाव चिन्ह तोकियो

रातोघर

 २०८२ कार्तिक १६, आईतबार  मा प्रकाशित
३५४ पाठक संख्या


धरान । धरानका मेयर हर्कराज (हर्क) साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल **‘श्रम संस्कृति पार्टी’**ले निर्वाचन आयोगबाट आधिकारिक मान्यता प्राप्त गरेको छ। आयोगले दर्ता प्रक्रिया पूरा गरी पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गरेको हो।

साम्पाङको नेतृत्वमा बनेको पार्टीको चुनाव चिन्ह ‘माटो’ रहने भएको छ। आयोगले शनिबार दर्ता प्रमाणपत्र प्रदान गरेपछि ‘श्रम संस्कृति पार्टी’ अब निर्वाचनमा भाग लिन पाउने कानुनी हैसियतमा पुगेको छ।

पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी रहेका छन्। पार्टीले श्रम, स्वाभिमान, आत्मनिर्भरता र सामाजिक न्यायलाई मूल एजेन्डा बनाएको बताएको छ।

मेयर साम्पाङले पार्टी दर्ता भएपछि सामाजिक सञ्जालमा लेखेका छन्, श्रम, माटो र सत्य नै हाम्रो राजनीति हो। अब बाटो जनताले देखाउनेछन्।”

श्रम संस्कृति पार्टीले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा स्वतन्त्र राजनीतिक विकल्पका रूपमा जनताको समर्थन जुटाउने तयारी गरेको बताइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban