एमालेमा फर्कने सन्दर्भमा नेता किसान श्रेष्ठको टिप्पणी: “एमाले आफ्नै घर हो”

रातोघर

 २०८२ कार्तिक १७, सोमबार  मा प्रकाशित
२३३ पाठक संख्या


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले एमालेमा फर्कने चर्चा चलिरहेका बेला त्यसबारे रोचक प्रतिक्रिया दिएका छन्।

श्रेष्ठले भने, “एमाले त आफ्नै घर हो। कम्पाउन्डबाट छिराउँछन् कि पछाडिबाट छिराउँछन् कि गेटबाट छिराउँछन् — त्यो उनीहरूको कुरा हो।”

उनको भनाइले एमाले र एकीकृत समाजवादीबीच पछिल्लो समय देखिएको पुनर्मिलनको सम्भावनाबारे फेरि बहस सुरु भएको छ।

श्रेष्ठले स्पष्ट रूपमा पुनर्मिलनको विरोध नगरी “घर” भन्ने शब्द प्रयोग गरेर एमालेसँगको नजिकपन झल्काएका हुन्। पार्टी एकताको सम्भावनाबारे एमाले र समाजवादीका नेताहरूबीच पछिल्ला दिनमा अनौपचारिक संवाद भइरहेको बताइन्छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban