Gen Z आन्दोलन प्रकरण: प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न आदेश

रातोघर

 २०८२ कार्तिक १७, सोमबार  मा प्रकाशित
२६५ पाठक संख्या


काठमाडौं । भदौ २३ र २४ गते काठमाडौंमा भएको Gen Z आन्दोलन तथा सो क्रममा घटेका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले छानबिन प्रक्रिया अघि बढाएसँगै नेपाल प्रहरीले त्यसबेलाका जिम्मेवार अधिकारीहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ।

प्रहरी मुख्यालयले जारी गरेको आदेशअनुसार, उक्त आन्दोलनका क्रममा फिल्डमा खटिएका इन्चार्जहरूलाई आयोगले आवश्यक सोधपुछका लागि बोलाउन सक्ने भन्दै उनीहरूलाई हाल उपत्यकाभित्रै रहन भनिएको हो।

निर्देशनमा एआईजी दानबहादुर कार्की, डीआईजी ओमबहादुर राना, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारी र भक्तपुरका एसपी माधव बुढाथोकीलगायतका अधिकारीहरू परेका छन्।

जाँचबुझ आयोगले हाल भिडियो फुटेज, प्रत्यक्षदर्शी बयान र त्यसबेलाको आदेश श्रृंखला अध्ययन गरिरहेको स्रोतले जनाएको छ। आयोगले आवश्यक परे ती अधिकारीहरूलाई बयानका लागि उपस्थित हुन निर्देशन दिने तयारी गरेको बताइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban