


धरान । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूविरुद्ध हुने टिप्पणीबारे रोचक व्यङ्ग्य गरेका छन्।
एक कार्यक्रममा गायक राजेश पायल राईसँगै उपस्थित भएका साम्पाङले हाँस्य–व्यङ्ग्यमिश्रित शैलीमा भने, “के चाहिँ हुँदोरहेछ भनेर राति २ बजे उठेर एउटा स्टाटस लेख्छु, त्यसको तल १ मिनेट पनि पुग्दैन, ‘हर्के हवल्दार’ भनेर आइजान्छ। भनेपछि २४ घण्टा पर्खिरहेका हुँदारहेछन् — कत्तिखेर आउँछ र लेखुँ भनेर। छक्क पर्छु!”
उनको उक्त भनाइमा उपस्थित दर्शक र कलाकारहरू हाँसोमा रमाएका थिए। साम्पाङले विगतदेखि नै आफ्नो खुला र स्पष्ट अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा प्रशंसा र आलोचना दुवै भोग्दै आएका छन्।
कार्यक्रममा गायक राजेश पायल राईले पनि साम्पाङको हास्य शैली र जनसम्पर्क क्षमतालाई प्रशंसा गरेका थिए।





Write your Comment