जेनजी आन्दोलन छानबिन आयोगद्वारा रवि लामिछानेसँग आजै बयान लिने तयारी

रातोघर

 २०८२ कार्तिक १८, मंगलबार  मा प्रकाशित
१७३ पाठक संख्या


काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे सत्य तथ्य पत्ता लगाउन बनेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आजै बयान लिने तयारी गरेको छ।

सहकारी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेले यसअघि पनि आयोगसँग प्रारम्भिक सम्पर्क गरेका थिए। आयोगका अनुसार हाल आयोगले आन्दोलनसँग सम्बन्धित मुख्य व्यक्तिहरूबाट प्रत्यक्ष बयान संकलन गर्ने अन्तिम चरणमा तयारी गरिरहेको छ।

भदौ २४ गते जेनजी आन्दोलनका बेला लामिछाने जेलबाट बाहिर आएका थिए। उनले त्यसबेला केही समय मात्रै स्वतन्त्रता पाएका थिए र पुनः कारागार फर्किएका थिए। आयोगका एक स्रोतका अनुसार, लामिछानेसँगको बयानमा आन्दोलनका दिनका गतिविधि, संलग्नता र निर्देशनसम्बन्धी विषयमा सोधपुछ केन्द्रित हुनेछ।

छानबिन आयोगले यसअघि जेनजी युनाइटेडका प्रतिनिधि, प्रहरी अधिकारी तथा सम्बन्धित राजनीतिक दलका नेताहरूको पनि बयान लिइसकेको छ। आयोगले प्राप्त विवरणका आधारमा घटनाको प्रारम्भिक प्रतिवेदन आगामी साताभित्र सरकारलाई बुझाउने तयारी गरेको बताइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban