एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु, एकमात्र जीवित यात्रुको पीडादायी अनुभव

रातोघर

 २०८२ कार्तिक १८, मंगलबार  मा प्रकाशित
२११ पाठक संख्या


काठमाडौं । एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको ज्यान जाँदा भाग्यवश बाँचेका एकमात्र जीवित व्यक्ति विश्वासकुमार रमेशले आफ्नो पीडादायी अनुभव साझा गरेका छन्।

दुर्घटनापछि शारीरिक र मानसिक रूपमा थकित रमेश भन्छन्,

“म एक्लै बाँचेँ। मलाई अहिलेसम्म विश्वास लागिरहेको छैन। यो कुनै चमत्कारभन्दा कम होइन। म एक्लै भएँ, कोठामा चुपचाप बस्छु। पत्नी र छोरासँग पनि कुरा गर्न मन लाग्दैन। मलाई एक्लै बस्न मन पर्छ।”

रमेशका अनुसार दुर्घटनापछि उनको दैनिकी निकै कठिन बनेको छ।

“मेरो खुट्टा, काँध, घुँडा र पिठ्युँ दुखिरहन्छ। न गाडी चलाउन सक्छु, न राम्ररी हिँड्न सक्छु। बिस्तारै हिँड्छु। पत्नीले मलाई सहारा दिन्छिन्,” उनले भने।

उनका अनुसार, परिवार पनि गहिरो मानसिक तनावमा छ।

“मेरो आमा पछिल्ला चार महिनादेखि हरेक दिन ढोका बाहिर बस्नुहुन्छ, कसैसँग कुरा गर्नुहुन्न। रातभरि सोचिरहन्छु, दिमागमा धेरै बोझ छ,” रमेशले बताए।

उक्त दुर्घटनामा विमानमा रहेका सबै २४१ जनामध्ये रमेश मात्रै जीवित बाँचेका हुन्। घटनाको अनुसन्धान अहिले पनि जारी छ भने पीडित परिवारलाई क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको बताइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban