

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दलको एकताबाट बनेको नयाँ “नेपाली कम्युनिष्ट पार्टी” ले दल दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक निवेदन दिएको छ।
आयोगका अनुसार, बुधवार एकता सम्मेलन घोषणा भएको दिनमै उक्त दलका प्रतिनिधिहरू आयोगमा उपस्थित भई दर्ता प्रक्रिया सुरु गरेका हुन्।
दर्ताका लागि पेश गरिएको निवेदनमा निर्वाचन चिन्ह “तारो” मात्र उल्लेख गरिएको छ। तर, पार्टीका पदाधिकारी, सचिवालय र केन्द्रीय समितिको संरचना तथा सदस्यहरूको नामावली भने अहिलेसम्म समावेश गरिएको छैन।
आयोगले जनाएको छ कि, राजनीतिक दल सम्बन्धी ऐनअन्तर्गत आवश्यक विवरण र पदाधिकारीको नामावली पछि पेश गर्ने गरी फिलहाल दलको नाम र चिन्हसहितको प्रारम्भिक निवेदन मात्र प्राप्त भएको हो।
यो नयाँ दल गठनसँगै नेपालको वामपन्थी राजनीति पुनः एकताप्रति उन्मुख भएको संकेत देखिएको छ।





Write your Comment