वैकल्पिक शक्तिबीच ध्रुवीकरणको तयारी, डा. बाबुराम भट्टराईको संयोजनमा छलफल

रातोघर

 २०८२ कार्तिक २०, बिहिबार  मा प्रकाशित
१५५ पाठक संख्या


काठमाडौं । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नयाँ नेपाली कम्युनिस्ट पार्टी निर्माण भएपछि देशको राजनीतिक परिदृश्यमा नयाँ हलचल देखिएको छ।

यसै क्रममा, वैकल्पिक राजनीतिक शक्तिबीच सम्भावित ध्रुवीकरण र एकताका सम्भावनाबारे छलफल गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजनमा बैठक सम्पन्न भएको छ।

छलफलमा जनार्दन शर्मा, सुदन किराँती, डीपी अर्याललगायत नेताहरू उपस्थित थिए। सहभागीहरूले नयाँ कम्युनिस्ट पार्टीको गठनपछि उत्पन्न राजनीतिक परिस्थितिमा वैकल्पिक शक्तिहरूबीच सहकार्य र साझा एजेन्डा निर्माणको आवश्यकताबारे विचार–विमर्श गरेको जनाइएको छ।

बैठकले आगामी दिनहरूमा संयुक्त रणनीति र राजनीतिक दिशाबारे थप छलफल गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban