मेयर बालेन्द्र साहको स्टाटसविरुद्ध युवा संघको प्रहरीमा जाहेरी तयारी

रातोघर

 २०८२ कार्तिक २०, बिहिबार  मा प्रकाशित
१६८ पाठक संख्या


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर **बालेन्द्र साह (बालेन)**ले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट युवा संघ नेपाल ले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ।

संघका अनुसार, बालेनको उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गर्नुका साथै मित्रराष्ट्रहरूप्रति पनि अपमानजनक टिप्पणी गरेको आरोप लगाइएको छ। सोही कारणले संघले विद्युतीय अपराध अन्तर्गत प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गर्न लागिएको जनाएको हो।

बालेनले दुई दिनअघि मध्यरातमा अश्लील शब्द प्रयोग गर्दै लेखिएको स्टाटस केही समयपछि हटाए पनि, त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उक्त घटनापछि सामाजिक सञ्जालमा बालेनको भाषाशैली र आचरणबारे तीव्र आलोचना भइरहेकाछन्। धेरैले एक जनप्रतिनिधिले प्रयोग गर्ने भाषामा मर्यादा र संयमता आवश्यक भएको टिप्पणी गरेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban