

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएका छन्।
शुक्रबार बसेको मधेश प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले राजीनामाको घोषणा गरेका हुन्। उनले राजीनामा पत्र आजै प्रदेश प्रमुखको कार्यालयमा पठाउने बताएका छन्।
आजको बैठकको कार्यसूचीमा विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो। तर, बहुमत सुनिश्चित नदेखिएपछि उनले पदत्याग गर्ने निर्णय गरेका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मुख्यमन्त्री बनेका सोनलले जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा असोज ३० गते शपथ लिएका थिए।
तर पछिल्ला दिनमा जनमत पार्टी विभाजन भएपछि उनको पक्षमा पर्याप्त समर्थन नहुने अवस्था बनेको थियो। यही कारण विश्वासको मत नपाउने निश्चित भएपछि उनले राजीनामाको बाटो रोजेका हुन्।





Write your Comment