लियोनेल मेस्सीले फुटबल करियरमा ४०० असिस्ट पूरा गरे, कीर्तिमानको नजिक

रातोघर

 २०८२ कार्तिक २३, आईतबार  मा प्रकाशित
१५१ पाठक संख्या


काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेस्सीले आफ्नो पेशागत फुटबल करियरमा ४०० असिस्ट पूरा गरेका छन्। यस उपलब्धिसँगै उनी फुटबल इतिहासमै सबैभन्दा बढी असिस्ट गर्ने खेलाडी बन्ने नजिक पुगेका छन्।

हालसम्म मेस्सीले विभिन्न क्लब र राष्ट्रिय टोलीका तर्फबाट खेल्दा ४०० असिस्टका साथ विश्वका उत्कृष्ट प्लेमेकरमध्ये एकको परिचय कायम राखेका छन्। अब उनलाई फुटबल इतिहासमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी बन्न मात्र पाँच असिस्ट आवश्यक रहेको छ।

मेस्सीले बार्सिलोनाबाट आफ्नो करियर सुरु गरेका थिए। पछिल्ला वर्षमा उनी पेरिस सेन्ट–जर्मेन हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीका लागि खेलिरहेका छन्। उनले आफ्नो करियरमा गोल र असिस्ट दुबैमा असाधारण कीर्तिमान बनाएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban