गृहमन्त्री : “हामी प्रचार होइन, शुद्ध चित्तले कर्म गर्दैछौँ”

रातोघर

 २०८२ कार्तिक २३, आईतबार  मा प्रकाशित
१७१ पाठक संख्या


काठमाडौं । गृहमन्त्रीले गृह मन्त्रालयको भूमिकाबारे बोल्दै यस मन्त्रालयलाई “हरेक हिसाबले संवेदनशील” भएको बताएका छन्।

उनका अनुसार गृह मन्त्रालयका धेरै कामहरू सार्वजनिक गर्न सकिने खालका हुँदैनन्। उनले भने, “कतिपय विषयमा के गर्दैछौँ भन्न मिल्दैन, कतिपय कुरामा के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।”

गृहमन्त्रीले मन्त्रालय प्रचारमुखी नभएको भन्दै चुपचाप बसेर “शुद्ध चित्तले कर्म गर्ने” बाटोमा आफूहरू अघि बढिरहेको बताए।
उनले थपे, “हामीसँग अरु विकल्प छैन। कार्यकालको अन्त्यमा जनतालाई धैर्यताको निम्ति धन्यवाद दिनेछौँ।”

उनका अनुसार गृह मन्त्रालयले सुशासनको बाटोमा पाइलैपिच्छे अघि बढ्दै, देशलाई आगामी निर्वाचनमार्फत निकाससम्म पुर्‍याउने सरकारको अभिभारालाई पूरा गर्ने लक्ष्य राखेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban