

काठमाडौं । Gen Z आन्दोलनका क्रममा काठमाडौंस्थित हायात होटेलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका–१ निवासी ३६ वर्षीय पुरुष हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आन्दोलनको भीडभाडको मौका पारेर उनले होटेलको कक्षबाट टेलिभिजन निकालेर लैजाने प्रयास गरेका थिए।
प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनको पहिचान गरी पक्राउ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि प्रारम्भिक अनुसन्धानपछि चोरीसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
Gen Z आन्दोलनका क्रममा काठमाडौंका विभिन्न क्षेत्रमा तोडफोड र अशान्त गतिविधि भएको भन्दै प्रहरीले सुरक्षा निगरानी कडा पारेको छ।





Write your Comment