

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज देशभरका ७५३ वटै स्थानीय तहमा जनप्रदर्शन गर्दैछ।
‘प्रतिगामी षड्यन्त्रविरुद्धको जनपरिचालन अभियान’ अन्तर्गत हुने प्रदर्शनमा मोटरसाइकल र्याली, नारा–जुलुस र कोणसभा सञ्चालन गरिने एमालेले जनाएको छ।
पार्टीले प्रदर्शनमा सहभागी सबै कार्यकर्तालाई एमालेको झण्डा बोकेर भीडभाड क्षेत्रमै कार्यक्रम गर्न र त्यसका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत प्रसारण गर्न निर्देशन दिएको छ।





Write your Comment