

जीतपुर सिमरा, २२ चैत — सेज क्रिकेट मैदानमा आज सम्पन्न तेस्रो जितपुरसिमरा क्रिकेट कप २०८२ मा सर्लाहीले बारा जिल्लालाई ४१ रनले पराजित गर्दै आफ्नो अभियानको सानदार पर्दशन गर्दै फाइनलमा आफ्नो स्थान बनाएको छ । टस जितेर ब्याटिङ रोजेको सर्लाहीले २० ओभरमा ८ विकेट गुमाएर १५१ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। मध्यक्रमका ब्याटर अलि हसनले ३२ बलमा ३८ रन बनाउँदा ६ चौका, १ छक्काको उत्कृष्ट पारी खेले। ओपनर आरिफ राजाले १२ बलमा २० रन, रोहन राउतले २४ बलमा ३४ रन र रणजित यादवले १६ बलमा अविजित ३३ रन बनाए।
बारा जिल्लाको बलिङमा जितेश मण्डलले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। अभय यादव र राहुल महतोले २-२ विकेट हात पारे। १५२ रनको लक्ष्य पछ्याउने क्रममा बारा जिल्लाले खराब सुरुवात गर्यो र दबाबमा पर्यो। रवी कुमार शाहले १२ बलमा २७ रन र भुलवान सहानीले १० बलमा २० रन बनाए पनि टिमले १५.५ ओभरमा मात्र ११० रनमा अलआउट भयो। सर्लाहीको बलिङमा परिमार्जन यादवले ३ विकेट लिए भने अलि हसन र अभय यादवले २-२ विकेट हात पारे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका अलि हसन म्यान अफ त म्याच घोषित भए, भोलि हुने खेलमा बारा जिल्लाले पर्साको सामना गर्ने छ ।





Write your Comment