

काठमाडौं। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सहयोग गर्न अष्ट्रेलियाले ड्रोन विशेषज्ञसहित १५ सदस्यीय विपद् सहायता टोली नेपाल पठाउने भएको छ।
अष्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङका अनुसार टोलीमा न्यू साउथ वेल्स र क्विन्सल्यान्डका फायर एन्ड रेस्क्यु विशेषज्ञ रहनेछन्। उनीहरूले अत्याधुनिक ड्रोनमार्फत प्रभावित क्षेत्रको नक्सांकन र तस्बिर संकलन गरी नेपाली उद्धार टोलीलाई सहयोग गर्नेछन्।
यसअघि नै १९ जना अष्ट्रेलियाली कर्मचारी नेपाल आइसकेका छन्। सरकारले औपचारिक आग्रह गरेपछि थप विशेषज्ञ टोली पठाउन लागिएको हो।





Write your Comment