सिमरामा सम्पन्न मधेस स्तरीय कराँते प्रतियोगितामा सिराहा प्रथम

रातोघर

 २०८० जेष्ठ २१, आईतबार  मा प्रकाशित
४१८ पाठक संख्या


सिमराः बाराको सिमरामा आयोजित मधेस प्रदेश स्तरीय कराँते तेक्वान्दो प्रतियोगितामा सिराहा प्रथम भएको छ । जेठ १९ र २० गते आयोजना गरिएको प्रतियोगितामा १२ स्वर्ण जित्दै सिराहा प्रथम भएको हो ।

सिराहाले १२ स्वर्णसहित दुई रजत र दुई कास्य पदक जितेको छ । प्रतियोगितामा दुई स्वर्ण, पाँच रजत र चार कास्य जित्दै रौतहट द्धितीय भएको छ भने दुई स्वर्ण, दुई रजत र आठ कास्य हात पार्दै आयोजक टिम तेस्रो भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र नेपाल सितोरियो कराँते डोजाङ सिमराले आयोजना गरेको प्रतियोगितामा दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्दै सर्लाही चौथो भएको छ । मधेस प्रदेशका आठ जिल्ला र आयोजक गरी नौ टिमको सहभागिता रहेको प्रतियोगितामा धनुषा पाचौं भएको छ । धनुषाले एक स्वर्ण, तीन रजत र चार कास्य हात पारेको छ ।

यसैगरी एक स्वर्ण, दुई रजत र तीन रजत प्राप्त गर्दै पर्सा छैठौं स्थानमा रहदा महोत्तरी सातौं र बारा आठौं भएको छ । महोत्तरीले दुई रजत र ६ वटा कास्य जितेको छ भने बाराले तीन रजत र तीन कास्य पाएको छ ।

विजेता तथा उपविजेता खेलाडीलाई नेपाल सितोरियो कराँते महासंघका अध्यक्ष युवराज लामाले पुरस्कार वितरण गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban