लम्पी स्किनको खोपमा पनि ठगिए किसान : १२० रुपैयाँमा आयात, ५०० मा बिक्री

रातोघर

 २०८० भाद्र ८, शुक्रबार  मा प्रकाशित
४६० पाठक संख्या


काठमाडौं ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ की शर्मिला थापाले पालेको गाईमा लम्पी स्किन रोगको संक्रमण देखियो । उनले गाईलाई लम्पी स्किनविरुद्धको खोप लगाउन पशु चिकित्सकलाई बोलाइन् । बिरामी एउटा गाईका लागि औषधि गर्न बोलाएका ती चिकित्सकले ३ वटा खोप र केही औषधि दिए । पशु चिकित्सकले प्रतिडोज खोपको ५ सय रुपैयाँ लिए ।

थापाकाअनुसार खोप र एउटा मल्हम दिएका थिए । उनले भनिन्, ‘अहिले उपचार चलिरहेको छ । थप अन्य पशुलाई पनि रोग लाग्यो भने सोहीअनुसार खर्च लाग्ला ।’

नुवाकोटको बिदुर–४ की सुनिता कुमालले पनि गाईलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउँदा एक मुष्ट ४ सय रुपैयाँ खर्च गरिन् । ‘धेरै दूध दिने गाई बिरामी परेपछि सो रकम तिरेको हुँ । तर मलाई कुन औषधिको कति रुपैयाँ पर्छ थाहा छैन,’ कुमाल भन्छिन्, ‘दिनको ८ लिटर दूध दिने गाईका लागि ४ सय खर्च गर्नु ठूलो कुरा पनि भएन ।’

पछिल्लो ५ महिनादेखि नेपालमा घरपालुवा चौपायामा लम्पी स्किन रोगको महामारी फैलिएको छ । एकाध स्थानीय तह र प्रदेशले अनुदानमा रोगको निदानका लागि काम गरे पनि देशैभरका किसान आफ्नै रकमबाट आफ्नो पशु बचाउन खोप र औषधिमुलो गरिरहेका छन् । तर, उनीहरुले गरेको उपचार साह्रै महँगो भएको उनीहरुलाई पत्तो नै छैन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban