

काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालयसम्बन्धी विधेयक छिट्टै संसदमा पेस हुने बताएका छन् । संसदमा प्रश्नोत्तर कार्यक्रममा उनले भने, ‘विद्यालयसम्बन्धी विधेयक छिट्टै पेस हुन्छ ।’
मन्त्रिपरिषद्बाट विधेयक पास भए पनि केही परिमार्जन गर्नुपर्ने भएकाले रोकिएको उनले बताए । विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा कार्यक्रम चलिरहेको उनले बताए । विश्वविद्यालयमा ई–हाजिरी लैजाने शिक्षकका सम्बन्धमा नियमन गरिने उनले बताए ।





Write your Comment