आँखा किन फरफराउँछ ? शुभ कि अशुभ ?

रातोघर

 २०८० भाद्र १७, आईतबार  मा प्रकाशित
८८१ पाठक संख्या


काठमाण्डौ ।

सायद आँखा नफरफराउने मानिस कोही छैन होला । कुनै न कुनै समय तपाइँको पनि आँखा अवश्य फरफराएको हुनुपर्छ !हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने अन्धविश्वास छ । आँखा फरफराउनुलाई कुनै घटना वा खबर प्राप्तिको पूर्वसङ्केतका रूपमा लिइन्छ ।

सामुद्रिक शास्त्रअनुसार आँखा फरफराउँदा अलगअलग संकेत रूपमा बुझ्न सकिन्छ । पुरुषको दायाँ आँखा फरफराएको शुभ मानिन्छ भने महिलाको बायाँ आँखा फरफराउनु शुभ मानिन्छ ।

पुरुषको दायाँ आँखा फरफराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ ।यस्तै, महिलाको बायाँ आँखा फरफराएमा सुनचाँदी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।

तर चिकित्सकहरूका अनुसार  कसैको  आँखामा एलर्जी भई पानी आएमा, चिलाएमा आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा, धेरै तनाव र थकानका कारण निद्रा नपुग्दा, म्याग्नेसियमजस्ता केही पोषक तत्त्वको कमी हुँदा, चिया, कफी वा अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या हुन सक्छ । 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban